राजेशपायल राइ सहति चर्चित कलाकारको साथमा आज ‘उज्यालो उत्सव २०७३’

काठमाडौं १४ फागुन

दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माणको लागि लायन्स क्लब अफ काठमाडौं टेम्पल ( District B1 325) ले ‘उज्यालो उत्सव २०७३’ नामक सांगीतिक कार्यक्रम आज सनिवार आयोजना गर्दैछा  । टेम्पलले अँध्यारोबाट उज्यालोतिर भन्दै दृष्टिविहीनका खातिर सांगीतिक कार्यक्रम ‘उज्यालो उत्सव २०७३’ भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गर्न लागेको हो ।

दृष्टिविहीन बालबालिकाको सहज जीवनयापनका लागि सांगीतिक कार्यक्रम गरेर भवन निर्माण गर्न लागिएको क्लबका अध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी गराए ।

त्यसैगरी, टेम्पलका सचिव तथा सो कार्यक्रमका संयोजक सुदर्शन महर्जनले मनोरञ्जनात्मक कार्यक्रम गरेर अर्थ संकलन गरी दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माण गर्न लागेको बताए । कार्यक्रम गर्दा खर्च कटाएर ४० प्रतिशत संस्थालाई र बाँकी ६० प्रतिशत रकम भवन निर्माणमा लगाउने उनले बताए ।ujj

सो कार्यक्रममा गीत-संगीत, नृत्य र हास्य व्यंग्य प्रस्तुति हुने संयोजक सुदर्शन महर्जनले बाताए । कार्यक्रममा राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवन परियार,सुनिता गुरुङ, देविका बन्दनाजस्ता गायक गायिकाका साथमा गीत पस्कने छन् । यस्तैगरी, गौरी मल्ल, रिश्ता बस्नेत, मेनका गुरुङ, दीपेन्द्र तिमल्सिनालगायतका कलाकारले नृत्य प्रस्तुत गर्नेछन् भने हास्य कवि शैलेन्द्र सिंखडाले व्यंग्यात्मक कविता प्रस्तुत गर्नेछन् । हास्य अभिनेत जितु नेपालको कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा ज्योति काफ्ले  र विपना बस्नेतले प्रहसन प्रस्तुत गर्नेछन् । कार्यक्रमको मिडिया पार्टनरमा बिजनेसपाटी डटकम समेत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया