राजेश हमाल उर्जामन्त्री !
काठमाडौं, ८ वैशाख ।
लोडसेडिङमुक्त देश बनाउने अभियानको कथा वस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– उर्जामन्त्री भएपछि जर्नादन शर्मा ‘प्रभाकर’ले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । उनीहरुको इच्छा शक्तिका कारण उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई चलचित्रमा चित्रित गरिएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ ।
महानायक राजेश हमाल ‘उज्यालो नेपाल’ चलचित्रमा मन्त्रीको भूमिकामा देखिएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजिएको छ । शुभ मिडिया होम प्रालिले निर्माण गरेको चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया