रातो नम्बरको अफवाह फैलाएको आरोपमा पक्राउ परे यी कलाकार !

काठमाडौं २० पुस ।

एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायक तथा गायिका पक्राउ परेका छन्  । सो आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो ।  गायिका प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा पोष्ट गरेकी थिइन् । साथै विभिन्न अनलाइनलाई त्यही समाचार दिएकी थिइन् ।

सीआईबीले रातो नम्बरबारे अनुसन्धान गरिरहेको बेला यस्तो आएपछि उनलाई पक्राउ गर्‍यो । र, सोधपुछका क्रममा गायक दीपक बराइली तानिए र उनी पनि पक्राउ परेका छन् । सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार दीपकले एक एप प्रयोग गरेर आफ्नो मोबाइलमा स्क्रीन सट गरेर राखेका थिए । त्यही स्त्रिmन सटलाई पोष्ट गरेर प्रशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आयो भनेर हल्ला चलाएकी थिइन् । प्रहरी उपरीक्षक चौधरीका अनुसार दुबैले गल्ती स्वीकार गरेरका छन् र, माफी मागेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया