राधि हाइड्रोपावरले सर्वसाधारणको लागि निस्कासन गर्यो १५ प्रतिशत शेयर

काठमाडौं ३ पुस ।
राधि हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि पनि सोमबारबाट शेयर निस्कासन सुरु गरेको छ।  पुस ६ गतेसम्म कम्पनीले शेयर निस्कासन गर्ने छ। कम्पनीले शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट कम्पनीलार्इ नियुक्त गरेको छ।
यसअघि राधिले चुक्ता पूँजीको १० प्रतिशत शेयर प्रभावितलाई निस्कासन गरेको थियो। अहिले सर्वसाधारणलाई १५ प्रतिशत निस्कासन अर्थात्  ७ लाख ६ हजार ५ सय ५० कित्ता शेयर निस्कासन गरेको हो।
लम्जुङ इलेक्ट्रिसिटी कम्पनीको प्रमुख लगानीमा साना जलविद्युत आयोजना अन्तर्गत राधि हाइड्रोपावर लमजुङको घिर्मु गाविसमा ४.४ मेघावाट क्षमताको विद्युत आयोजना निर्माण भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया