रानीपोखरी बनाउने जिम्मा नेपाली सेनालाई

काठमाडौं ९ श्रावण
भूकम्पपछि ध्वस्त भएकाे सांस्कृतिक धरोहर रानी पोखरी पुनर्निमार्णको जिम्मा नेपाली सेनाले पाउने भएको छ। रानीपखरी कसले पुनर्निमाण गर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा यसको जिम्मा सेनालाई दिन लागिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ। यसको जिम्मा सेनालाई दिने विषयमा मंगलबार रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्ती रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच छलफल भएको थियो। रानीपोखरी निर्माणको जिम्मा सेनालाई दिन सरेकारवाला निकाय र मन्त्रीबीच छलफल भएको महानिर्देशक दाहालले जानकारी दिए। ‘रानीपोखरी कसरी बनाउने भन्ने विषयमा विवाद भएपछि महानगरपालिका र विभागको समन्वयमा सेनालाई निर्माण गर्न दिन विषयमा छलफल भएको हो। छलफल अन्तिम चरणमा पुगेको छ’, दाहालले भने, ‘रानीपोखरी भित्र रहेको बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले बनाउने छ’।

फेसबुकबाट तपाईको प्रतिक्रिया