राप्रपालाई जिताउन जबरा आफैँ घरदैलो कार्यक्रममा

काठमाडौँ २६ बैशाख

मेलम्ची- सिन्धुपाल्चोक जिल्लाकोे मेलम्ची नगरपालिका र जिल्लाका नगर तथा गाउँपालिका प्रमुखलगायतका पदहरुमा राप्रपालाई जिताउन राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबरा र केन्द्रीय सदस्य कोमल ओली लागिपर्नुभएको छ । नजिकिँदै गरेको चुनावमा राप्रपालाई पहिलो स्थानमा ल्याउनको लागि जबरा आफैँ घरदैलो कार्यक्रम तथा विभिन्न समारोहमा सहभागी हँुदै आउनुभएको छ ।आइतबार मेलम्ची नगरपालिकाको फटकशिलामा राप्रपाद्वारा आयोजित एक कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसलगायतबाट पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।एकसयभन्दा बढीको सङ्ख्यामा रहेका कार्यकर्तालाई पशुपति शम्शेर र कोमल ओलीले टीका र दोसल्ला ओडाएर आफ्नो पार्टीमा प्रवेश गराउनुभएको थियो ।

राप्रपाको मेलम्ची नगरपालिका प्रमुखका उम्मेदवार फणीन्द्र दाहाललाई जिताउन अहिले राप्रपाका नेता घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश गराउनमा व्यस्त छन् ।जिल्लाभरि नै चुनावी माहोलको सरगर्मी बढ्दै गर्दा मेलम्ची नगरपालिकामा मुुख्य चार पार्टीको चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।नगरभरिका गाउँमा नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र तथा नेकपा (एमाले) ले आआफ्नो पार्टीको प्रचारप्रसारका लागि लाखौँको लगानीमा पार्टीको झन्डा तथा टिसर्ट कार्यकर्ता माझ लैजानमा व्यस्त छन् ।नगरपालिकाका ३१ हजार ९८७ मतदाताबाट चुुनिने नगरपालिका प्रमुखमा नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र र नेकपा ९एमाले० ले आफ्नो पक्षमा पार्न विभिन्न चुनावी आश्वासन दिँदै मतदातालाई आकर्षित गर्नेतर्फ लागेका छन् ।जिल्लाभरि नै आफ्नो सङ्गठन बलियोे बनाउनका लागि नेताहरुले भेला, घरदैलो अभियान, ¥याली तथा कार्यकर्ता भेटघाटलाई धेरै बाक्लो बनाउन थालेका छन् ।चार पार्टीको मुख्य प्रतिस्पर्धा रहेको मेलम्ची नगरपालिकामा नेकपा ९एमाले० को नगर प्रमुखको उम्मेदवारी दिने विषयमा कुरा नमिल्दा आफ्नै कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा ताला लगाएकाले असन्तुष्ट पक्षले कमै सहयोग गरेको देखिन्छ ।असन्तुष्ट पक्षमा भएकाबाट नेपाली काँग्रेस र राप्रपालाई फाइदा मिल्नेमा काँग्रेस तथा राप्रपाका नेता बताउँछन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया