रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्योः देउवा

काठमाडौँ १० भदौ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारी पाउनुभन्दा त्यसअनुरुप अघि बढ्नु गाह्रो रहेको बताएका छन्। राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार आयोजित नेपाल विद्यार्थी संघको पद हस्तान्तरण कार्यक्रममा सभापति देउवाले पार्टी चलाउन गाह्रो भएको बताएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

‘सभापति हुन सजिलो छ। घाँटीमा माला भिर्न सजिलो छ,’ मन्त्री चयनलाई लिएर पार्टीमा भएको विवादतर्फ लक्ष्य गर्दै उनले भने, ‘तर, सबैलाई मिलाएर पार्टी चलाउन गाह्रो छ। रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्यो।’ मन्त्री पद भए पनि आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया