रामचन्द्र पौडेलले भने-” एमाले र मधेशवादी दल संविधान कार्यन्वयनका बाधक”

काठमाडौं १५ अशोज

काँग्रेस नेता रामचन्द्र पौडेलले एमाले र मधेशवादी दलहरु संविधान कार्यान्वयनमा वाधक बनेको आरोप लगाएका छन् । पौडेलले एमालेले संविधान संशोधन हुनै हुन्न भन्ने अडान लिएर र  मधेशवादी दलले संशोधन नगरेसम्म निर्वाचन नै हुन दिंदैनौं भनेर संविधानको  कार्यान्वयनमा व्यवधान सिर्जना गरेको आरोप लगाएका छन ।  शनिबार काठमाडौमा नेपाल प्रेस युनियनको काठमाडौ जिल्ला शाखाले गरेको कार्यक्रममा काँग्रेस नेता पौडेलले बढी बाठो भएर कुनै हालतमा संविधान संशोधन गर्न दिंदैनौं भन्ने अभिव्यक्ति नदिन एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरे ।

एमाले र मधेशवादी दल दुवैले कम्प्रोमाइज गरे संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने र कार्यान्वयनमा अहिले देखिएका चुनौती समाप्त हुने समेत नेता पौडेलले  दाबी गरे ।

स्थानीय तहको पुनर्संरचना आयोगमाथि स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने काम गर्न नजानेको आरोप काँग्रेस नेता पौडेलले लगाए । गाउँ नै पिच्छे गाउँपालिका बनाउनुपर्ने सरल बाटो छोडेर आयोग बाङ्गोटिङ्गो बाटो हिंडेको समेत उनको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया