राष्टपतीको आतिथ्यतामा राजधानीमा भोली युवा परिषदले भब्य कार्यक्रम गर्ने ( कार्यक्रमको सुचिसहित)
सगीत सुबेदी
काठमाडौँ २७ साउन
नवगठित राष्टिय युवा परिषदले भोली राजधानीमा युवा लक्षित विभिन्न कार्यक्रमहरु गरी अन्र्तराष्टिय युवा दिवस मनाउने भएको छ । केन्द्रिय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा भोली हुने कार्यक्रमका विवरण समेत परिषदका कार्यकारी उपाध्यक्ष माधब प्रसाद ढुङगेलले प्रस्तुत गरेका छन । राष्टपती विधादेशी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम राजधानीको प्रज्ञा भवनमा हुने प्रेस विज्ञप्तीमा जनाइएको छ । कार्यक्रमबारे परिषदका उपाध्यक्ष माधब ढुङगेलले भने‘ युवा दिबस मनाउनुको मुल उदेश्य युवाका मुद्धाका पक्षमा आबाज मुखरित गर्नु हो । यसका साथै युवा नीति २०७२,युथ भिजन २०२५ र राष्टिय युवा परिषद ऐनमा रहेका युवा लक्षित मुद्धाहरु कार्यान्वयन गर्ने स्थानीय, राष्टिय तथा अन्तराष्टिय स्तरमा आवाज बुलन्द गर्नु हो ’।
‘सम्बृद्ध नेपालका लागि स्वथ्य, कर्मठ र उध्मी युवा’ र ‘गरिवी उन्मुलनमा युवा प्रतिबद्धताः उत्पादन र उपभोगमा आत्मनिर्भरता’ भन्ने नारा लिएको परिषदले विषद कार्यक्रम गरेर युवा जागरण पैदा गर्न खोजेको ढुङगेलका स्वकीय सचिव श्यामकाजी खत्रिले बताए । भोलीको कार्यक्रमहरुको सुचीमा ¥याली देखि रक्तदानसम्म रहेको छ । त्यसैगरी २० जना विभिन्न क्षेत्रका कर्मठ युवाहरुलाई सम्मान गरिने आज आयोजित कार्यक्रममा बताइएको छ । कार्यक्रममा नव नियुक्त युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव देखि विभिन्न क्षेत्रका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहने परिषदले जनाएको छ ।
हेनुर्स कार्यक्रमको सुची
फेसबुकबाट तपाईको प्रतिक्रिया