राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा केहि सुधार

काठमाडौँ– २४ फागुन

केही दिनदेखि अस्वस्थ भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।  छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ ।

अहिले उनी घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले राससलाई जानकारी दिएकी छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया