राष्ट्रपति भण्डारीद्वारा ८१६ जना बन्दीलाई कैद सजाय माफी

काठमाडौँ १५ जेठ

– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको  सजाय माफी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया