राष्ट्रहितमा उपयोग हुनसक्छ सेवा निबृत्त कर्मचारीहरुको अनुभव

लोकनाथ गौतम

सरकार तथा सरकार स्वामित्वमा रहेका संस्थाहरुमा लामो समय सम्म सेवा गरी सेवा निबृत्त हुने कर्मचारीहरु आज सम्म उच्च पदमा रहेका हुन्छन भने भोली शुन्यमा झरेका हुन्छन् । यसले उनिहरुमा निराशा ल्याउन सक्छ । निराशाले जीवन सुखमय हुन सक्तैन । अर्कोतर्फ आजको समय परिवर्तन भैसकेको छ । छोरा, छोरी, नाति, नातिनाको सेवा आवश्यक पर्ने समयमा उनिहरु व्यस्तताको वावजुद आधुनिक सूचना प्रविधिबाट तानिएका हुन्छन् । उनिहरुलाई आप्mना वुवा, आमाको हेरचाह गर्ने समय नै रहदैन । त्यसमाथि पनि यो अवस्थामा अधिकांश कर्मचारीहरु एकल जीवनमा पुगेका पनि हुन सक्छन् । यसले गर्दा आप्mनो जीवनको उर्जाशील समय सरकारी सेवामा विताएका यस्ता राष्ट्रसेवकका दिनचर्या वास्तवमा अझ एक्लो हुन पुग्छ ।
यस्तो अवस्थामा विभिन्न मुलुकहरुमा राज्यले सेवा निबृत्त कर्मचारीहरुको जीवन कसरी सुखमय बनाउने भन्ने कार्ययोजना नै बनाएको हुन्छ । यस्ता कर्मचारीको जीवन सुखमय बनाउने मात्रै हैन, उनिहरुको लामो समयको अनुभवलाई कसरी उपयोग गर्ने भन्ने कार्ययोजना समेत बनाएका हुन्छन् । नेपालमा आजसम्म सेवामा रहने कर्मचारीले म आपूm पनि भोलि सेवा निबृत्त हुन्छु भन्ने सोच राख्ने गरेको पाइन्न । तिनले सेवा निबृत्त कर्मचारीहरुले कुनै सुविधाको माग गर्दा बोझ सम्झन्छन् । सेवा निबृत्त भएपछि यस्ता कुराहरु गर्दा उनिहरु आफैंलाई हिजो शक्तिमा रहंदा आपूm सेवा निबृत्त होइन्छ भन्ने सोच नै राखिएन, अहिले बल्ल चाल पाइयो भनी पछुताउ गर्दछन् । त्यसैले यस बिषयमा राज्यले गम्भिर भएर सोच्नु आवश्यक देखिन्छ ।

हालै केही छापाहरुमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा कर्मचारीहरु बस्न नमानेको बारेको समाचार प्रकाशित भएकोमा मेरो ध्यान आकृष्ट भएको छ । यो प्राधिकरण कर्मचारीहरुका लागि आकर्षक नमानिएर त्यस्तो भएको हुन सक्छ । अर्कोतर्फ यो छोटो अवधिको लागि गठित संस्था हो भन्ने लागेको पनि हुन सक्छ । त्यसै गरी निकट भविष्यमा राज्यले तीन तहको महत्वपूर्ण निर्वाचन गर्न लागेको छ । यस्तो निर्वाचनका लागि कर्मचारी खटाउनु पर्दा महिनौं सम्म विकास, निर्माणका काम त परै जावस, दैनिक काम काज त चुनाव पछि भन्ने हाम्रो आदत परिसकेको देखिन्छ । यस्तो अवस्थामा राज्यको दैनिकि तथा विकास निर्माणका कार्यमा समेत अवरोध हुन नदिई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका काम, निर्वाचन, राष्ट्रिय जनगणना, कृषि जनगणना जस्ता अस्थायी प्रकृतिका र धेरै कर्मचारी आवश्यक पर्ने काममा सेवा निबृत्त कर्मचारीहरुलाई समावेश गर्न सकिने देखिन्छ ।

यस्ता कार्यमा भुतपूर्व प्रहरी त लिने गरेकै छ । सेवा निबृत्त कर्मचारीहरु अहिले सेवा निबृत्त राष्ट्र सेवक संघ, सेवा निबृत्त राष्ट्र सेवक हक हित समाज, भूतपूर्व कर्मचारी परिषद, बिभिन्न संघ, संस्थाका पूर्व कर्मचारी समाज, संघ संस्था, ज्येष्ठ प्राध्यापक संघ आदि नामबाट संगठित पनि भैरहेका छन् । यस्ता सेवा निबृत्त कर्मचारीहरुका संगठनका माध्यमबाट सक्षम कर्मचारीहरुलाई यस्ता अस्थायी र धेरै कर्मचारी आवश्यक पर्ने काममा म्यादी नियुक्ति गरी काममा लगाउन सके यस्ता कार्यहरुमा कर्मचारीको अभाव नहुने र निर्धारित समयमा कार्य सम्पन्न हुन सक्ने तर्फ सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छु । पूर्व कर्मचारीलाई खटाउंदा खासै तालीमको आवश्यक पनि नपर्ने हुनसक्छ । किनभने उनिहरुले आप्mनो सेवा अवधिमा यस्ता धेरै कार्यमा सहभागी भइ अनुभव संगालेका हुन्छन् । राज्यले सेवा निबृत्त कर्मचारीको पेन्सनको भार बोक्नु परेको भन्ने एकलौटी अलाप मात्र गर्ने गरेको पाइन्छ । यो मुलुकमा राज्यबाट व्यहोर्ने पेन्सन रकम भन्दा बढी रकम वाहिरी मुलुकबाट भित्रिएको छ । राज्यले सेवा निबृत्त कर्मचारीहरुको जीवन कसरी सुखमय बनाउने र राज्यले उनिहरुको अनुभव कसरी उपयोग गर्ने भन्ने बिषयमा दोहोरो चिन्तन गर्नु आवश्यक छ । यसबाट सबैको भलो हुने छ । यसर्थ यसतर्फ सबैको ध्यान जावस ।

(लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सेवा निबृत्त भै नागरिक उड्डयन पूर्व कर्मचारी समाजमा संगठित पूर्व कर्मचारी हुन् )

फेसबुकबाट तपाईको प्रतिक्रिया