राष्ट्रियताका लागि काँग्रेस छाड्न तयार

 

लक्ष्मण गौतम, युके 

अब बन्ने नयाँ सरकारमा काँग्रेसको तर्फबाट सरकारको नेतृत्व विमलेन्द्र निधिले गर्ने लगभग पक्कापक्की जस्तै भएको छ । सबैलाई थाहा छ पार्टीको दोस्रो दर्जामा रहेका निधिले रातारात यस्तो योग्यता कसरी र कहाँबाट हासिल गरे । भारतसँग केपी ओली सरकार गिराउँन दलाली गरेबापात उनले दिल्लीबाट बक्सिस स्वरुप यस्तो योग्यता पाएका हुन् भन्नेमा अब प्रष्ट भैसकेको छ । अहिले हल्लाको रुपमा मात्र रहेको यो कुरा यदि सत्य साबित भयो भने देशका लागि केहि गर्नुपर्छ भन्ने भावना बोकेका म जस्ता युवाहरु काँग्रेसले गुमाउँनेमा कुनै शंका छैन । पार्टी सभापति शेरबहादुर देउवाको कानसम्म यो कुरा पुग्न आवश्यक छ । म जन्मजात काँग्रेस भएको होइन , न कि बाबुको बींडो थाप्न काँग्रेस बनेको हूँ । काँग्रेसले बोकेको सिद्दान्त र बिचारले मात्र नेपालको समृद्धि सम्भव छ भन्ने बुझेर स्वविवेकले काँग्रेस प्रति झुकाव राखेको हूँ । तर

काँग्रेसको पछिल्लो गतिविधिहरुले राष्टप्रेमी म जस्ता समर्थकहरुलाई सशंकित पार्ने काम गरेको छ । यदि अब काँग्रेसले आफ्नो राष्ट्रियताको नीतिलाई सत्तासँग साटेर भारतीय दलालसँग सम्झौता गर्दछ भने काँग्रेसको पक्षमा बहस गर्न मसँग कुनै आधार र शब्द बाँकी रहनेछैन ।

। त्यसैले अझै पनि समय बाँकी छ, काँग्रेसको नेतृत्वहरु सजग बन्न । केही नेताहरुका कारणले यति लामो र गौरवमय ईतिहास बोकेको काँग्रेस पार्टीको साखलाई धुलोमा मिलाउन नदिऔं । फेरि दोहोर्याउँछु “म कसैको गोठालो होईन र हरेक गलत कामको खिलाफ चट्टान बनेर उभिन्छु,बिरोध गर्छु“ । किनकि म एक चेतनशील नेपाली युवा हूँ र देश बनाउने दम राख्छु ।

 युके निवासी लक्ष्मण गौतमको विचार जस्ताको त्यस्तै

फेसबुकबाट तपाईको प्रतिक्रिया