राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिऔं– प्रधानमन्त्री ओली

काठमाडौँ, ८ चैत, २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिन आग्रह गरेका छन् । स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् ।

आजको नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशन उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिन आग्रह गरे । प्रधानमन्त्री ओलीले स्वदेशी उत्पादनको प्रयोग बढाएर देशलाई आत्मनिर्भर बनाउन सबैलाई आग्रह गरेका हुन् ।

कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादन प्रोत्साहनका लागि वर्तमान सरकार तत्पर रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया