राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र ग्लोबल आईएमई बैंकबीच क्यामेरा खरिदका लागि सम्झौता
काठमाडौं २४ माघ २०८१ । ग्लोबल आईएमई बैंक र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)बीच क्यामेरा खरिदका लागि सम्झौता भएको छ । सम्झौता अनुसार एनएफपीजेमा आबद्ध सदस्यहरूले क्यामेरा खरिदका लागि ग्लोबल आईएमई बैंकबाट बिना धितो दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म शून्य ब्याजदरमा ऋण पाउने छन् ।
आज एक कार्यक्रमका बीच बैंकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पत्रकारले क्यामेरा खरिद गर्न ऋणका लागि नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरेर एनएफपीजेले सहजीकरण गर्नेछ ।
अब एनएफपीजेमा आबद्ध फोटो पत्रकारले ६ देखि १८ महिनासम्म सरल किस्ताबन्दीमा न्युरोडस्थित जी एन्ड डी सप्लार्यसबाट क्यामेरा खरिद गर्न सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया