राष्ट्रिय बाणिज्य बैंकले खोल्यो हेड अफिसमा ‘कर्पोरेट ब्रान्च’

काठमाडौँ ९ मंसिर  ।
प्रधान कार्यालय सिंहदरबारमा राष्ट्रिय बाणिज्य बैंकले कर्पोरेट शाखा स्थापना गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार सो शाखा उद्घाटन गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकको शाखा संख्या अब १७१ पुगेका छन्। त्यस्तै ८६ एटिएम, ७५ ब्रान्चलेस बैंकिङ र १६ एक्सटेन्स काउन्टरबाट बैंकले सेवा दिँदै आएको छ।
कार्यक्रममा अर्थमन्त्री कृष्ण महराले जनताको घरदैलोमा सेवा पुर्यांउने अभियानलाई प्राथिमकतामा राखि प्रतिश्पर्धि बैंकिङ गर्न बाणिज्य बैंकलाई सुझाव दिए। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिबी नेपालले आधुनिक वित्तिय उपकरण र सूचना प्रविधिको प्रयोग गरि सेवा प्रवाहमा बैंक अब्बल हुनुपर्ने बताए। बैंक सञ्चालक समितिका अध्यक्ष डा रबिन्द्रप्रसाद पाण्डेले बाणिज्य बैंकले पछिल्लो समय संस्थागत कार्यदक्षता अभिबृद्धिमा जोड दिएको बताए। प्रमख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चालु आर्थिक बर्ष भित्रै २५ लाख पुर्यायउने लक्ष सुनाए। ६८ जिल्लामा बैंकको सेवा विस्तार गरि शाखा संख्या समेत १९५ पुर्यामउने लक्ष रहेको उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया