राष्ट्रिय महिला भलिबलको उपाधि न्यु डायमण्डलाई
पोखरा २० भदौ
न्यु डायमन्ड एकेडेमीले पोखराको लामाचौरमा भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै लगातार चौथो पटक महिला राष्ट्रिय भलिबलको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्यु डायमन्डले ३०–२८, २५–१५ र २५–२० को जीत निकाल्यो। डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन । यसैैगरी कप्तान ललिता नाथले ८ स्कोर गरिन तथा पनमिका राईले ७ स्कोर गरिन । न्यु डायमण्डलाई जीत दिलाउने क्रममा सेटर कृपा अधिकारी र लिबेरो सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरे। यता, एपीएफकी रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन्। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया