राष्ट्रिय लोक–दोहोरी गीत प्रतिष्ठान नेपालको ललितपुर जिल्ला कार्यसमिती चयन

सगिता सुबेदी
काठमाण्डौ १६ असार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ललितपुर जिल्ला समितिको अधिवेशन मगलवार सम्पन्न भएको छ । साझा पाटी प्यालेस लगनखेलमा सम्पन्न भएको अधिवेशनबाट ३ बर्षका लागि नयाँ कार्य समिति चयन भएको छ । निकै भब्य र शभ्य रुपमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिको रुपमा राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष टिकाराम चपाइ थिए । त्यसैगरी विशेष अतिथिको रुपमा साँकृतिक सस्थानका महाप्रबन्धक राजेश थापा, अतिथिहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय सदस्य पुरुषोत्तम थापा, बागमती अञ्चल समितिका महासचिव भरत बराकोटी, बागमती अञ्चल सदस्य रामहरी खडका, काठमाण्डौ जिल्ला उपाध्यक्ष रामप्रसाद पोखरेल रहेका थिए । तयसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपत्यका समन्वय ललितपुर समितिका सम्योजक राजकुमार रायमाझीले कार्यक्रम सञ्चालन गरेका हुन ।12

कार्यक्रममा ललितपुर जिल्लामा सक्रिय रुपमा कार्यरत पत्रकार तथा ललितपुर जिल्लाको चिनारीको रुपमा रहेको खैँजेडी भजनका संरक्षक विष्णु प्रसाद आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्टिय स्तरका कलाकारहरुले जोडदार प्रस्तुती दिएका थिए । कार्यक्रमबाट मिठाराम केसीको अध्यक्षतामा २१ सदस्यीय ललितपुर जिल्ला कार्य समिति सर्वसममत चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा ज्ञान बहादुर खड्का, द्धितीय उपाध्यक्षमा हरीमाया थिङ, सचिवमा विदुर घिमिरे, सहसचिवमा नविन नगरकोटी, कोषाध्यक्षमा रामशरण महत तथा सह–कोषाध्यक्षमा हिरामाया वाइबा निर्वाचित भएका छन । सदस्यहरुमा शशि पुन, सानुभाइ कुवर, जिवनाथ घिमिरे, मुना तामाङ, हिमलाल घताने, विनोद कुवर, आरती खडका, दामोदर ढोडारी, हरीप्रसाद हुमागाँइ, राजेन्द्र तामाङ, हरिहर कार्की, सरस्वती घिमिरे र रेवती प्रसाद दहाललाई चयन भएका छन । त्यसैगरी प्रमुख सल्लाहकारमा कृष्ण बहादुर केसी र सल्लाकारमा शान्त ढकाललाई चयन गरिएको छ । निर्वाचित सबै पधादीकारीहरुलाई बिजनेसपाटी डटकमको हार्दिक बधाइ एवं सफलताको शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया