राष्ट्रिय वाणिज्य बैंकको चार्डबाड लक्षित क्यास ब्याक अफर

काठमाडौं ११ अशोज २०७९।

राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

प्वाइन्ट अफ सेल (पस) को माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । यो योजना असोज १० देखि कार्तिक १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार देशभर विभिन्न व्यवसायमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइप गर्दा अधिकतम ५ प्रतिशत (रु.५००) क्यास ब्याक हुनेछ ।

यस्तै ६ देखि १० पटकको कार्ड स्वाइपमा अधिकतम १० प्रतिशत क्यास ब्याक (रु.७५०) र ११ देखि १५ पटकको कार्ड स्वाइपमा अधिकतम १५ प्रतिशत क्यास ब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।

यसैगरी असोज ७ देखि १४ गतेसम्म र कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा ५ सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यासब्याक हुने बैंकले जनाएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया