राष्ट्र बैंकको प्रवक्तामा नारायण पौडेल

बिजनेसपाटी ३ कार्तिक

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद पौडेललाई दिइएको छ। यस अघि प्रवक्ताको जिम्मेवारी सम्हालेका त्रिलोचन पंगेनी भने राष्ट्र ऋण विभागको कार्यकारी निर्देशक पदमा सरुवा भएका छन्  ।

पौडेलले कत्तिक २ देखि राष्ट्र बैंकको प्रवक्तामा नियुक्ति पाएको राष्ट्र बैंकले जनाएको छ। यस अघि पौडेल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका थिए ।  नवनियुक्त प्रवक्ता पौडेलले व्यवस्थापन, अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतबाट वित्त व्यवस्थापनमा समेत स्नातकोत्तर गरेको जनाइएको छ। पौडेल  २०४६ जेठबाट राष्ट्र बैंकमा आवद्ध छन्। भाेलिदेखि लागु हुने गरी उल्लेखित जिम्मेवारी हेरफेर भएकाे सहायक प्रवक्ता राजेन्द् पण्डितले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया