राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्नुस्ः गर्भनर अधिकारी
काठमाडौं, चैत ४, २०८१ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाहरुबाट मात्रै कारोबार गर्न सबैलाई आग्रह गरेका छन् ।
काठमाडौंमा आज (सोमवार) आयोजित ‘ग्लोवल मनी वीक’ लाई सम्बोधनका क्रममा गर्भनर अधिकाले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट वचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताएका छन् ।
उनकाअनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको पहुँच बैंकसम्म पुगोस् र सबै एउटा बैंकमा खाता होस् र ती खाताहरु सक्रिय रुपले चलुन् भन्ने मानसिकता राख्छ । उनले विद्यार्थी वर्गमा नयाँ कुरा सिक्न, बैंक तथा वित्त सम्बन्धी जानकारी लिन आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तनु हुने बताए । वित्तीय हिसावले सचेत हुँदा विद्यार्थी वर्गको आचारणमा समेत परिवर्तन आउने समेत अधिकारीले बताए ।
अधिकारीले भने– सुरक्षित बैंक तथा वित्तीय संस्थामार्फत बचत गर्ने बानीले भोलिका दिनमा आफू व्यक्तिगत रुपमा पनि सुरक्षित हुन सकिन्छ । स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ । त्यतिमा मात्रै नभएर, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरुले स्वच्छ बनाउन सघाउ पुर्याउँछ । त्यसैले विद्यार्थी उमेरमै वित्तीय रुपमा जानकार हुनुपर्छ भनेर राष्ट्रले त्यससम्बन्धि शिक्षाका लागि प्रयास गर्ने गरेको छ । यो शिलशिलामा स्कुलको पाठ्यक्रममा पनि वित्तीय सक्षरता, समावेशीता राख्न हामीले खोजेका छौं । हाम्रो प्रयास भइरहेको छ, कसरी पाठ्यक्रममा वित्तीय शिक्षालाई समावेश गर्ने भनेर यही वर्ष पनि पाठ्यक्रम विकास केन्द्रसँग सयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम गरेका छौं । वित्तीय शिक्षाको एउटा महत्वपूर्ण पाटो सेभिङ जरुरी छ । कोर सेभिङ जरुरी छ । जर्बजस्त भएपनि वित्तीय संघ संस्थामार्फत बचत गर्नुपर्छ, सँगसँगै आफ्नो बजेटिङको पनि ख्याल गर्नुपर्छ । ’
कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफ्नो घाँटी हेरेर मात्र हाड निल्नु भनेजस्तै आफ्नो क्षमता र आयश्रोत हेरेर मात्र खर्च गर्ने परिपाटीको विकास हुन जरुरी रहेको बताए । वित्तीय सक्षरताका बारेमा राष्ट्र बैंकले देशभर जागरण चलाइरहेको र यसलाई व्यापक बनाउँदै लैजाने उनको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया