राहुल गान्धीले भारतीय काँग्रेसको अध्यक्ष पद त्यागे
एजेन्सी–१८ असार
भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार चार पेजको विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । विज्ञप्तिमा भनिएको छः ‘पार्टी अध्यक्ष भएको नाताले लोकसभा निर्वाचनमा बेहोरिएको हारको जिम्मेवारी म लिन चाहान्छु ।
उनले गत मे २५ मा पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा दिएका थिए । उनले आफ्नो ट्वीटर अकाउन्टबाट समेत पार्टी अध्यक्ष भन्ने शब्द हटाएका छन् । गत महिना भएको लोकसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनी पार्टी अध्यक्ष रहने कि नरहने भन्ने बहस चर्किदै गएको थियो ।
राहुलले राजीनामा दिएसँगै अब कसले पार्टीको नेतृत्व सम्हाल्ला भन्ने बहस उत्कर्षमा आएको छ । पछिल्लो समययता सो पार्टीको नेतृत्वमा गान्धी परिवारको विकल्प खोजिनुपर्ने बहस समेत सतहमा आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया