रियलमीनार्जो एन ५५ र एन ५३ सार्वजनिक
काठमाडौँ, २१ जेष्ठ २०८०-सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्तालाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्स युक्त यीफोनहरुले नेपाली नयाँँ पुस्ताको मन जित्ने आशा विश्वास गरेको छ ।लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, “रियलमीनार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइन अपल्याएको घोषणा गर्न पाउँदामलाई खुशीलागेको छ । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभलअल राउन्डर हो । यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ, रियलमीनार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथयसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।यी दुई स्मार्टफोनहरुले आकर्षक फिचरहरु मात्र नभै सुपथ मुल्यमा नवीनतम प्रविधी प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई पनि मूर्त रूप दिन्छ ।
७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ । रियलमीको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । यसको मतलब हो, फोनमा भएको ६ जिबि ¥यामलाई अर्को ६ जिबि सम्म बढाउन मिल्छ ।
सुन्दर क्यालिफोर्निया सनशाइन डिजाइनमा बनाइएका यीफोनहरुले युवाहरुको चन्चल र हँसिलो व्यक्तित्वलाई प्रतिनिधित्व गर्दछ ।
मुख्यफिचरहरु
६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३% को स्क्रिन–टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुल एचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो । यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज रहेको छ । ३३ वाटको सुपर भोक चार्जिङ सहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्दछ । सुपरभोक टेक्नोलोजीले हाइभोल्टेज लो करेन्ट प्रविधी अपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ । यो फोन फुलचार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ । ५००० एमएएचको शक्तिशालि ब्याट्रि भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ ।यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ । यसमा नाइट मोड, पोर्ट«ेट मोड, एचडिआर, एआइसिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु रहेका छन् ।रियलमी सि ५५ मा जस्तै यसमा पनि मिनी क्याप्सुल रहेको छ । यो मिनी क्याप्सुल आँफै स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ ।
रियलमी नार्जो एन ५५ – ३३ वाट फास्ट चार्जिङ सहितको नेक्स्ट जेन पावर हाउस नार्जो एन ५५ नयाँँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइक्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबि सम्मको डाइनामिक ¥याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरुले यो फोनलाई यस सेग्मेन्टको अन्यमोडलहरुको तुलनामा एक कदम अगाडि बनाएको छ ।
दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्धहुनेछन् । ४+६४ जीबी स्टोरेज क्षमताभएको नार्जो ५३ मोडलको मूल्य रु. १५,९९९ र ६+१२८ भेरियन्टको मूल्य रु. १८,९९९ रहेको छ । त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य रु. २०,४९९ र ६+१२८ भेरियन्टको मूल्य रु.२४,४९९ रहेको छ ।नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइमब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया