रिलायन्स फाइनान्सलाई हकप्रद अनुमति
काठमाडौं २७ असोज ।
रिलायन्स फाइनान्सले हकप्रद निष्काशन अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ४५ प्रतिशत हकप्रद शेयर निष्काशन अनुमति दिएको हो ।
फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर निष्काशन अनुमति पाएको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।
हाल रिलायन्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार रुपैयाँ छ भने हकप्रद निष्काशनपछि फाइनान्सको चुक्तापुँजी ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया