रिलायन्स फाइनान्सले ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं, मंसिर ४ ।

रिलायन्स फाइनान्सले ४५ प्रतिशत हकप्रद शेयर मंसिर २२ गतेबाट निष्काशन गर्ने भएको छ ।

फाइनान्सले १०:४.५ अनुपातमा १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको हकप्रदको लागि मंसिर ८ गते शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ ।
सो हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

हाल रिलायन्सको चुक्तापुँजी ५१ करोड २५ लाख ७१ हजार रुपैयाँ छ भने हकप्रद निष्काशनपछि चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया