रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोडको आईपीओ आउने

काठमाडौं,१२ साउन ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको निर्वाचित सञ्चालक समितिको अध्यक्षमा तारा चन्द केडिया र अन्य सञ्चालकहरुमा भारत कुमार तोदी, अमित कुमार बेगानी, जगदीश कुमार अग्रवाल तथा सुन्दर कंँडेल रहेका छन् ।

साधारणसभामा अध्यक्ष तारा चन्द केडियाले आव २०७३-७४ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो बैठकले सञ्चालक समितिको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०६४-६५ देखि आव २०७३-७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब रहेको छ ।

नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आव २०६४-६५ देखि आव २०७३-७४ सम्मको लागि सञ्चालक समितिबाट नियुक्त विभिन्न लेखा परीक्षकहरुको नियुक्ति एवम् पारिश्रमिक, कम्पनीको आव २०७४-०७५ को लागि लेखापरीक्षक नियुक्ति र ६३ करोड बराबरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल यस कम्पनीको मेरो मुटु बाल योजना, सुखमय जीवन (सवाधिक तथा आजीवन), सुरक्षित जीवन (सवाधिक), धन फिर्ता (१५ र २० वर्ष), जीवन शान्ति बीमा योजना छन् । त्यस्तै कम्पनीले हालै ७, ११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामूहिक म्यादी बीमा योजना पनि अघि ल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया