रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर निष्काशन बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

बिजनेसपाटी २० जेष्ठ ।
रिलायन्स लाईफ इन्स्योरेन्स रु.१०० दरको ६३,००,००० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया