रिलायबल डेभलपमेन्ट बैंकको नयाँ योजना

बिजनेसपाटी ३ मंसिर

नेपाल राष्ट्र बैंकमा ख बर्गमा सुचकृत रिलायबल डेभलपमेन्ट बैंकले नयाँ योजना ल्याएको छ । नयाँ योजना अन्तर्गत रिलायबलले ८५ दिने मुद्दती खातामा साढे ८ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।  सो खातामा पैसा राखेको ८५ दिन पुरा भए पश्चात साँवा र ब्याज सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने योजनाको बिशेसता छ । एससीटि नेटवर्क अन्तर्गतका एटीएमबाट सो बचत खातामा रकम आए पश्चात झिक्न सकिने छ । जसका लागि देशभरका १ हजार १ सयभन्दा बढी एटीएमबाट झिक्न सकिने छ । यसैगरी रिलायबलले १ वर्षे मुद्दतीमा ८.७५ प्रतिशतसम्म र बचत खातामा ५.५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया