रिलायवल डेभलपमेन्ट बैंकको नयाँ योजना
काठमाडौं १४ पौष ।
रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडले १ सय २० दिने मुद्दतीमा ९ प्रतिशत व्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।
योजना अनुसार १ सय २० दिन पुरा भए पश्चात साँवा र वयाज स्वत बचत खातामा जम्मा हुने र सो खातामा रकम आए पश्चात निशुल्क रकम झिक्न सकिने छ । बैकको नेटवर्क अन्तर्गतका देशभर रहेका एटिएमबाट रकम निकाल्न सकिने बताएको छ ।
साथै बैंकले १ बर्षे मुद्दतीमा ९ दशमलव २५ प्रतिशतसम्म तथा २ बर्षे मुद्दतीमा ९ दशमलव ५ प्रतिशतसम्म व्याज प्रदान गर्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया