२०८२ फाल्गुन ६ | Feb 18, 2026

रुँदै अमेरिकाबाट फर्किए विपिनकी आमा र बहिनी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३०
|
2.6k views

ललितपुर । दुईवर्ष अघि हमासको कब्जामा रहेका कन्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको आमा र बहिनी रुँदै स्वदेश फर्किएका छन् । विपिन रिहाइका लागि दाबाव दिन अमेरिका पुगेका उनकी आमा र बहिनी निराश हुँदै आज स्वदेश फर्किएका हुन् ।

डिएनए परीक्षण पश्चात् विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

इजरायल सरकारले विपिनको शव नेपाल फर्काइदिने घोषणा गरेपछि उनीहरु निराश मुद्रामा स्वेदश फर्किका छन् ।

विहीबार बिहान नेपाल आइपुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया