रुपन्देहीको कोटिहवामा एनआईसी एशिया बैंकको नयाँ शाखा
बिजनेसपाटी १ फागुन ।
एनआईसी एशिया बैंकको नयाँ शाखा तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देही स्थित कोटिहवा शाखाकोे सोमबार एक समारोहका बिच नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक कुमार पौडेलबाट समुद्घाटन भएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । कोटिहवा शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया