रुरु हाइड्रोको आईपिओमा पहिलो दिनमै १२ गुणा आवेदन
काठमाडौं २१,चैत २०७७
रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओमा पहिलो दिनमै झन्डै १२ गुणाको आवेदन परेको छ । कम्पनीको आईपिओमा शुक्रबार नै २ लाख ९३ हजार ९ सय ७६ जना आवेदकबाट ४५ लाख ४२ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको छ, जुन माग भन्दा ११.९८ गुणा बढी हो ।
कम्पनीले चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्बसाधारणको लागी ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ बिक्रि खुला गरेको हो ।
जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनी प्रिमियम मूल्यमा प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर विक्रि गरेको छ । लगानीकर्ताले रुरु जलविद्युतको आईपिओमा चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया