रेखा थापा मुख छोप्दै किन देखा परिन् ?

काठमाडौं–२२ असार

सिनेमाको पर्दामा ‘…बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात ‘विस्तारै’ होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन्, र त्यसैगरी निस्किइन् ।

यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारक रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा ।

३४ वर्षीया रेखाभन्दा झन्डै पाँच वर्ष कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्धबिच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो ।

आज साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्न कतार जाने हतारमा रहेकी रेखाले हिजो भनिन्, ‘मलाई त जानै मन थिएन । बोलाएको बोलायै गर्यो, अनि गइदिएँ…!!

रेखा र छविबीचको लेनादेना चार वर्षअघि नै टुंगिएको । सिउँदोमा सिन्दुर हालेर घर नभित्र्याए पनि रेखा करिब १० वर्षका लागि ‘छविकी’ भइन् ।

तर, कुरा मिल्न छाडेपछि आ–आफ्नो हिसाब–किताब मिलाएर अलग्गिए । छवि गौरीघाटको पुरानै घरमा र रेखा चाबहिलस्थित अम्बे अपार्टमेन्टको पाँचौं तलामा सरिन् ।

त्यहाँदेखि रेखालाई छविको र छविलाई रेखाको मतलब थिएन । तर, शुक्रबार साँझ छविले फोनमा भने, ‘पर्सि अदालत आइन है काली !’ रेखाले ‘किन’ भनेर सोधिन् । छविले ‘मैले डिभोर्सको सबै डकुमेनट तयार पारिसकें । तैले साइन गरेर ल्याप्चे हान्ने मात्रै हो । जसरी पनि आइज !’

रेखाले भनिन्, ‘मेरो साइन तिमी नै गरिदेऊ, ल्याप्चे पनि तिमीले नै हानिदेऊ न, म होइन भन्दिन क्यारे !’

छविले खेलाँची गरेर हुँदैन, तैं चाहिन्छ !’ रेखाले जान नचाहेर भाउ खोजिरहेकी थिइन् । भनिन्, ‘मलाई ल्याप्चे हान्न पनि तिमीले नै सिकायौ । अब त मैले ल्याप्चे हान्न बिर्सिसके ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया