रेल दुर्घटना हुँदा कम्तीमा ४५ जनाको मृत्यु
कानपुर-५ कार्तिक
भारतको कानपुरमा रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ४५ जनाको ज्यान गएको समाचार छ । भारतको इन्दोरबाट पटना आइरहेको उक्त रेल कानपुरको पुख्र्यानमा लिकबाट बाहिर गएर पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको भारतीय अधिकारीहरुले जनाएका छन्।
कापुरका डिएम कुमार रविकान्त सिंहका अनुसार रेलका तीन वटा डब्बा पूर्णरुपले क्षतिग्रस्त छ। प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति संवेदना प्रकट गरेका छन्। उनले ट्विटमार्फत् उक्त घटनालाई नजिकबाट हेर्न रेलमन्त्री सुरेश प्रभुलाई आग्रह गरेको उल्लेख गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया