र्यापिड रेस्पोन्स टिम (आरआरटी) र उपभोक्ता संरक्षण विभागद्वारा संयुक्त रुपमा विभिन्न खाद्य गोदामको अनुगमन

काठमाडौं, चैत २, २०८१ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्यापिड रेस्पोन्स टिम (आरआरटी)ले काडमाडौंमा रहेका विभिन्न खाद्य व्यवसायीहरुको गोदामामा निरीक्षण तथा अनुगमन गरेको छ ।
फागुन २८ गते काठमाडौंको तारकेश्वर–९, नागार्जुन–४ र ७ मा रहेका विभिन्न खाद्य गोदामको स्थलगत निरीक्षण तथा अनुगमन गरी खाद्यको गुणस्तर चेक जाँच गरिएको थियो ।
आरआरटीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको सहकार्यमा विभिन्न खाद्य गोदामहरुको स्थलगत अनुगमन गरेको थियो । अनुगमनमा स्थानीय निकायका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
गुणस्तरहीन खाद्य सामग्री भेटिएका तथा म्याद गुज्रेका गुणस्तरहीन सामान भेटिएका गोदाम सञ्चालकहरुलाई खाद्यल् स्व्च्छता तथा गुणस्तर ऐन, २०८१ ब्मोजिम कारवाही गरेको व्यहोरा सबैमा जानकारीका लागि प्रेस नोट जारी गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णलाई फागुन २७ गते राति खाद्य स्व्च्छता तथा गुणस्तरका विषयमा धेरै गुनासाहरु आएकाले २८ गते विभागको र्यापिड रेस्पोन्स टिम खटाई संयुक्त रुपमा निरक्षण अनुगमन गरिएको थियो । यसरी गरिएको अनुगमनका क्रममा देवकोटा चिउरा तथा चामल मिल तारकेश्वर–९, काठमाडौंले खाद्य अनुमतिपत्र नलिई सादा पहेंलो बोरामा टाइचिन चामल प्याकिङ गरिएको भेटेको थियो ।
त्यसैगरी अन्य फर्ममा कम्पनीको ब्राण्ड र नाममा प्याकिङ तथा विक्री–वितरण गर्ने गरेको पाइएको थियो । उक्त व्यवसायको भण्डारण कक्षमा खालि बोरा, लेवलिङ्ग र शिलिङ्ग मेशिन तथा थकाली, नेवारी, गुडलक जस्ता विभिन्न ब्राण्डका २,५१६ वोरा चामल र १,०४३ वोरा चिउरा पाइएकोमा सो चामल तथा चिउरा सिलबन्दी गरिएको छ भने अनुसन्धानका लागि ४ थान चामल र एक थान चिउराको नमूना संकलन गरी प्रयोगशाला पठाइएको छ ।
यसैगरी हलेसी फूड्स खाद्य उद्योग प्रा। लि।, नागार्जुन (७, काठमाण्डौले समेत खाद्य अनुमतिपत्र नलिई विभिन्न व्राण्डका चामल खरिद गरी अन्य फर्म वा कम्पनीको ब्राण्ड र नाममा प्याकिङ्ग तथा बिक्री वितरण गर्ने गरेको पाइएको थियो। उक्त व्यवसायको गोदाममा खालि बोरा, लेवलिङ्ग र शिलिङ्ग मेशिनका साथै विभिन्न ब्राण्डका १,६४६ वोरा चामल पाइएकोमा सो चामल सिलबन्दी गरिएको छ।
निरीक्षण अनुगमनका क्रममा गढीमाई प्याकेजिङ्ग उद्योग, नागार्जुन (४, काठमाण्डौले पनि खाद्य अनुमतिपत्र नलिई विभिन्न व्राण्डका चामल खरिद गरी अन्य फर्म वा कम्पनीको ब्राण्ड र नाममा प्याकिङ्ग तथा बिक्री वितरण गर्ने गरेको पाइएको थियो। उक्त गोदाममा विभिन्न ब्राण्डका ७७,८५० के। जी। चामल रहेकोमा सो चामल सिलबन्दी गरिएको छ।

उपरोक्त तीन वटै खाद्य व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाहीका लागि प्रकृया अगाडि वढाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया