लगानीकर्तालाई नेसनल लाइफ इन्सुरेन्सको पुन: २५ प्रतिशत बोनस सेयर

बिजनेसपाटी ८ बैशाख
 लगानीकर्तालाई नेसनल लाइफ इन्सुरेन्स कम्पनीले पुन २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७२–७३ को नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७१–७२ को नाफाबाट नेसनलले ३० प्रतिशत बोनस सेयर दिइसकेको छ ।
यसअघि सोही ३० प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा एक सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब मात्र पुर्याए हुने व्यवस्था गरेपछि  लगानीकर्तालाई फेरि २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।  यसअघिको  एक सय प्रतिशत हकप्रदको घोषणाको सट्टा अब ७५ प्रतिशतमात्र हकप्रद सेयर दिने निर्णय कम्पनीले गरेको हो ।
नेसनल लाइफ इन्सुरेन्स कम्पनीको यो प्रस्तावलाई नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया