लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर र ८० प्रतिशत हकप्रद दिदै एनबी बैंक
बिजनेसपाटी १८ भदौ
नेपाल बंगलादेश बैंकले लागनिकर्तालाई ३२ प्रतिशत बोनस शेयर दिने भएको छ । शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागी १.७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो। सोहि बैठकले बोनस शेयरपछि हुन आउने पुंजीमा गत वर्ष घोषणा गरिएको ८० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने जनाइएको छ। गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई बैंकले बोनस शेयर दिने प्रस्ताव गरेको हो । हाल नेपाल बंगलादेश बैंकको चुक्ता पुंजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बोनश शेयर वितरणपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुग्ने छ । ३२ प्रतिसत बोनसपछी त्यसको ८० प्रतिशत हकप्रद शेयर जारी गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब १८ करोड नाघ्ने देखिन्छ । एनबि बैंक लाभांस दिनेमा पहिलो बैंक बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया