लघुवित्तमाथिका सबै वित्तीय संस्थालाई वाणिज्य बैंकमा परिणत गरिने

काठमाडौं २६ माघ
सरकारले आर्थिक वर्ष २०७७/०७८ भित्र बैंक तथा वित्तीय संस्थालाई वाणिज्य बैंकमा परिणत गर्ने भएको छ। मन्त्रिपरिषदबाट स्वीकृत वित्तीय क्षेत्र विकास रणनीतिले त्यस्तो व्यवस्था गरेको हो। रणनीतिअनुसार हाल सञ्चालनमा रहेका ‘ख’ वर्गका विकास बैंकहरु र ‘ग’ वर्गका वित्त कम्पनीहरुलाई ‘क’ वर्गका वाणिज्य बैंकमा परिणत गरिनेछ। सो रणनीति सरकारले नेपाल राष्ट्र बैंकको सहमतिमा तयार पारेको हो। रणनीतिमा साना लगानीका बैंकहरुलाई गाभ्दै ‘यूनिभर्सल’ बैंकिङमा जाने योजना बनाइएको छ। तर, ‘घ’ वर्गका लघुवित्त कम्पनी भने यथावत रहनेछन्। बैंकिङ प्रणालीलाई युनिभर्सल बैंकिङतर्फ अभिमुख गराउने र यस क्षेत्रलाई उच्च आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने कार्यमा संलग्न गराउन उपर्युक्त संरचनाको व्यवस्था मिलाइने सरकारी रणनीतिक योजनामा उल्लेख छ। यद्यपी राष्ट्र बैंकले मर्जर तथा एक्विजिशन (प्राप्ति) को नीति कार्यान्वयनमा ल्याइसकेको छ। अहिले मर्जर र एक्विजिशनमार्फत विकास बैंक र वित्त कम्पनीको संख्यालाई घटाइँदै छ। अभियान आर्थिक दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया