ललितपुरको कुमारीपाटीमा माछापुच्छ्रे बैंकको शाखा
बिजनेसपाटी १ फागुन ।
आइतबारदेखि आफ्नो पाटन (गाःबहाल) शाखालाई माछापुच्छ्रे बैंक लिमिटेडले कुमारीपाटी (तफाल्हो)मा स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोले गरे ।
नया शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झक्िन सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ । ४ अर्व ६६ करोड ६४ लाख चुक्ता पुाजी रहेको यस बैंकले २०७३ साल पौष मसान्तसम्म ५८ अर्व२४ करोड निक्षेप परिचालन गरी ५१ अर्व८५ करोड कर्जा प्रवाह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया