ललितपुरको टिकाथलीमा प्रथम छात्रा फुटसल प्रतियोगिता सम्पन्न

काठमाण्डौ १७ कार्तिक २०७८
महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुर, ललितपुर र लेजेण्ड फुटसलद्धारा आयोजित “प्रथम छात्रा लेजेण्ड कप” यही कात्र्तिक १४ र १५ गते टिकाथली वडा नं. ५, ठटिकोटमा सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा विजयी टिमहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगीतामा ललितपुरस्थित कोपिला इङ्गलिस सेकेण्डरी स्कुल, माउण्ट ओलिभ स्कुल, नवकुन्ज सेकेण्डरी स्कुल, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, श्री भानोदय माध्यमिक विद्यालय, ललित एकेडमी र अनन्त इङ्गलिस सेकेण्डरी स्कुल गरी विभिन्न ७ वटा विद्यालयहरुले सहभागीता जनाएका थिए ।
०७८ असोज ३१ गतेदेखि कात्र्तिक १३ गतेसम्म सहभागी टिमहरुलाई तालिम प्रदान गरी कात्र्तिक १४ गते विभिन्न चरणका खेलहरु खेलार्ईएको थियो । त्यस्तै कात्र्तिक १५ गते सेमीफाईनल र फाईनलका खेलहरु भएका थिए । उक्त फाईनल खेलमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका वडा नं. ६, का अध्यक्ष बासुदेव महर्जन, गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य, नेपाल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया र लायन्स क्लब इन्टरनेशनल ३२५ द्य२ का डिष्ट्रिक्ट पदाधिकारीहरु, लायन्स क्लब इन्टरनेशनल ३२५ B2 का रिजन चेयरपर्सन अनिल कुमार बराल एवम् लायन्स क्लब अफ काठमाण्डौ रोयल फ्रेण्ड्सका सचिव उदयन रेग्मी र कोषाध्यक्ष श्रृष्टी बज्राचार्य लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रतियोगितामा श्री सिद्धिमंगल माध्यमिक विद्यालयको टिमले प्रथम स्थान, माउण्ट ओलिभ स्कुलको टिम द्धितिय र श्री भानोदय माध्यमिक विद्यालयको टिमले तेश्रो स्थान प्राप्त गरेका थिए । त्यसैगरी टप स्कोररको ट्रफी कोपिला इङ्गलिस सेकेण्डरी स्कुलकी छात्रा रितिसा श्रेष्ठले प्राप्त गर्न सफल भएको बारे गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी गराउनु भयो ।
प्रतियोगितामा सम्पूर्ण सहभागी टिमका खेलाडीहरुले खेल र टिमप्रति एकात्मक भाव दर्शाई खेल खेलेको र हालसम्म महिलाहरुले खेलमा उत्कृष्टता प्रदान गर्न सक्दैनन भन्ने सामाजिक सोंच र ब्यवहारलाई चिर्दै खेलकुदले समूहगत एकता, नेतृत्व र आफूप्रतिको भरोसा र विश्वासलाई जागृत गर्नका लागि सकारात्मक उर्जा प्रदान गर्न सफल भएको साथै महालक्ष्मी नगरपालिकामै पहिलो पटक महिला फुटसल प्रतियोगिता आयोजना गरिएकोमा यसले समाजमा सकारात्मक सन्देश दिन सफल भएकोले आगामी दिनहरुमा पनि निरन्तर रुपमा यस्ता प्रतियोगीताहरु आयोजना तथा सहकार्य गर्दै जाने बारे गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी गराउनु भयो ।
उक्त प्रतियोगीतामा विजयी टिमहरुलार्ई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको साथै २ वटा टिमहरुलाई १ महिनाको निःशुल्क प्रशिक्षण र खेल समयको लागि लिजेण्ड फुटसल “All4Ball Scholarship” प्रदान गरिएको लेजेण्ड फुटसलका अध्यक्ष अमन महर्जनले जानकारी गराउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया