ललितपुरमा प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउन्टर
काठमाडौं १२ माघ ।
ललितपुरमा प्रोग्रेशिभ फाइनान्स लिमिटेडको केन्द्रिय कार्यालय मातहतको पहिलो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले ललितपुर महालक्ष्मीस्थान स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको हाता भित्र विहीबार उक्त बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
सो एक्सटेन्सन काउन्टरको फाईनान्स अध्यक्ष मुकुन्दप्रसाद दाहाल र ज्यापु समाज, यलका अध्यक्ष प्रेम महर्जनले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रम फाईनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँइ फाईनान्सका संचालक तथा व्यवस्थापनका कर्मचारी, ललितपुर क्षेत्रका नेता चन्द्र महर्जन, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक माधव दुलालको उपस्थिति रहेको थियो ।
फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत÷निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिने छ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको छ भने काभ्रको बनेपा एउटा शाखा कार्यालय संचालनमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया