ललितपुर चेम्बर अफ कमर्शको नीति-कार्यक्रम सार्वजिनक, पर्यटन वर्ष सफल बनाउन सघाउने

बिजनेसपाटी १ अशोज ।
ललितपुर चेम्बर अफ कमर्शले आफ्नो नीति सार्वजनिक गरेको छ । ललितपुर जिल्लाको समग्र आर्थिक विकास र उद्यमीहरुको हकहित प्रर्बद्धन गर्ने प्रतिबद्धता जनाएको ललितपुर चेम्बर एक महिना अघि जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको हो ।
सो संस्थासँगै नेपाल चेम्बर अफ कर्मशको ७२ औं शाखा पुगेको छ ।  ललितपुरको मानभवनमा पत्रकार सम्मेलन गरी कमर्शले आफ्नो नीति तथा लक्ष्य उदेश्य सार्वजनिक गरेको हो । ललितपुरमा रहेका उद्यमी, व्यवसायीहरुमा एकता, समन्वय र मैत्रीपूर्ण सद्भाव विकास गर्न, व्यवासयीहरुको हकहीत रक्षा गर्दै उधोग क्षेत्रको विकास गर्न कमर्श गठन गरिएको अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

त्यसैगरी नगरपालिका र गाउँपालिकास्तरीय चेम्बर अर्फ कमर्श स्थापना गर्ने पनि कमर्शका नीति रहेको अध्यक्ष शाक्यले बताए । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय व्यापार मेला, प्रदर्शनीको आयोजना गर्ने र सहभागी हुने उनले बताए । अध्यक्ष शाक्यले भने ‘ त्यसको लागि सरोकारवाला सबैसंग सहकार्य गर्ने छौ’ ।

करको दायरा नबढाई दर बढाएकोमा संघ र स्थानीय तहको ध्यानाकर्षण गराउने कार्य पनि अध्यक्ष शाक्यले बताए ।
कला नगरीको घोषणा अनुरुप कार्य अपेक्षाकृत रुपले अघि नबढेको जनाउँदै यस विषयमा ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराइने कमर्शले जनाएको छ । वल्ड क्राफ्ट काउन्सिलले गत वर्ष कार्तिक २८ गते ललितपुर नगरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको थियो । घोषणाको श्रेय लिन सबैले हतार गरेपनि कला र संस्कृति सम्बन्धी १२ बुँदे घोषणापत्र कार्यान्वयनमा उदासिनता देखाएको भन्दै कमर्शले सो विषयमा ध्यानाकर्षण गराउन लागिएको हो ।

त्यसैगरी महालक्ष्मी नगरपालिकास्थित लुभूलाई टेक्सटायल नगरी बनाउनुपर्ने, पर्यटन वर्षलाई लक्षित गरी आवश्यक व्यवस्थापकीय र पूर्वाधार तयार गर्नुपर्ने पनि कमर्शको माग रहेको छ । ‘पर्यटन वर्षको रटान गरेर मात्र पर्यटक ओइरिने होइन । यसका आवश्यक तयारी अघि बढाउनुपर्दछ ’अध्यक्ष शाक्यले भने ‘महानगरपालिका र महालक्ष्मी नगरपालिकाको आर्थिक विकासमा हस्तकला र टेक्सटायलको विषय निकै महत्वपूर्ण विषय हो । यसमा दुवै नगरपालिका गम्भीर बन्नुपर्दछ । ’

सुनचाँदी, निर्माण सामग्री, हस्तकला, कपडा लगायत वस्तुगत संघ नै संगठनात्मक मेरुदण्ड रहेको उल्लेख गर्दै कमर्शले त्यसको सबलीकरण, संगठनात्मक पद्धति बसाल्ने कार्यमा ध्यान केन्द्रीत हुने जनाएको छ ।
कमर्शले महिला चेम्बर पनि गठन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया