ललितपुर महानगरमा भेराेसिल खोपकाे दोस्रो मात्रा लगाइँदै

ललितपुर २, मंसिर २०७८।ललितपुर महानगरपालिका भित्र आज र भोलि भेरोसिल खोपको दोस्रो मात्रा लगाउने भएको छ। महानगरपालिकाका अनुसार खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्नेछ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्नेछ।बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म वडा कार्यालयमा खोप लगाइनेछ। आज लगाउन छुटेका व्यक्तिले भोलिसमेत खोप लगाउन पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया