बहस: प्लास्टिक उद्योग बन्द गर्नु कति जायज कति नाजायज ?
रिसव गौतम
सरकारले गत बैशाख १ गतेबाट लागु हुनेगरी काठमाण्डु उपत्यकामा प्लाष्टिक झोला उत्पादन र बजारीकरणमा रोक लगाएको थियो । प्लाष्टिक झोला (पोलिथिन) मानव स्वास्थ्य तथा वातावरणको लागि हानिकारक भएको भन्दै वातावरण क्षेत्रमा काम गर्ने केही ऐनजिओको साथ सहयोगमा सरकारले यस कदम थालेको थियो । सरकारले प्लाष्टिक झोला उत्पादन तथा प्रयोगमा रोक लगाएसँगै नेपालमा गएको महाभुकम्पका कारण सो निर्णय सोचे जसरी लागु हुनै सकेन । बरु महाभुकम्पका बेला राहत तथा औषधी ओसार प्रसारमा प्लाष्टिक झोला बहुउपयोगी सावित भयो । सरकारले पहिलो चरणको प्रयास असफल भएपछि र उपभोक्ताहरुले पनि सस्तो र सही विकल्पमा प्लाष्टिकलाई नै छानेपछी फेरी सरकारले प्लाष्टिक उधोग बन्द गराउने सम्भावित अर्को असफल प्रयासको गृहकार्य थालिरहेको छ । वातावरण मन्त्रालयले पहिलो चरणमा काठमाण्डौलाई प्लाष्टिक झोला रहीत शहर बनाउने र त्यसपछि क्रमश अन्य शहरहरुमा पनि यो अभियान थाल्ने उदेश्यसाथ कदमलाई फेरी अघाडी बढाउँदैछ । तर के प्लाष्टिक झोला वातावरणको खिलापमा छ त ? के यसको प्रयोगबाट मानव स्वास्थ्यलाई गम्भिर नकारात्मक असर परेकै हो त ? प्लाष्टिक उधोग बन्द नै गर्नुपर्ने होकी यसको व्यवस्थापनको खाँचो हो ? यसबारे विशद अनुसान्धान र बहस आवश्यक देखिएको छ । प्लाष्टिक उधोग सञ्चालन गरिरहेका मुलुकभरका करिव ३ सय उधोगहरु र उधोगीहरुले अन्तराष्ट्रिय तथ्य तथ्याङक, प्लाष्टिक झोलाले नेपालको अर्थतन्त्र र रोजगारीको क्षेत्रमा दिइरहेको योगदान सरोकारवालाहरुले भुलेको बताइरहेका छन । साथै उनीहरुले विदेशी एनजियो, आइएनजियोको दवाव र डलरको प्रभावमा सरोकारवालाहरुले यस उधोग धराशाही बनाउन लागि परेको सार्वजनिक रुपमै भनिरहेका छन । उनीहरुले लब्धप्रतिष्ठित केही दैनिक पत्रपत्रिकाहरुले समेत प्लाष्टिक उधोगबारे लेख्नेक्रममा सार्वजनिक स्वास्थ्य सम्बन्धी धारण सही नभएको पनि बताएका छन । प्लास्टिक उत्पादक संघका महासचिव सन्तोषकुमार सेढाई भन्छन् ‘‘ प्लाष्टिक झोलाबाट क्यान्सर लाग्ने आजसम्म कही प्रुभ भएका छैनन् । विकसित राष्ट्रहरु चाहे अमेरिका, चीन सबैतिर निर्वाध रुपमा प्लाष्टिक झोलाको प्रयोग भैरहेका छन । त्यहाँ यसको समस्या छैन किनकी त्यहाँ फोहोरको व्यवस्थापन राम्रो हिसावले भैरहेका छन ।’’
अत्यन्त विकसित र ठुला भनिएका देशहरुमा समेत प्लाटिक झोलाको प्रयोग अटुट रुपमा भैरहेको र त्यसको विकल्प नदेखिएको उधोगी व्यवसायले बताउदै आएका छन । आर्थिक विकासलाई टेवा पु¥याउँने ध्येय साथ सञ्चालनमा आएका दैनिक पत्रिकाहरुले प्लाष्टिक उधोग बन्द नभइ त्यसबाट ब्याप्त फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने मत राख्दै आएका छन । तर कतिपय अन्य प्रकारका दैनिकहरुले वातावरण मन्त्रालयको अभियान सही हो भन्दै त्यही अनुरुप समाचार पस्कदै आएका छन । यसरी यतिवेला प्लाष्टिक उधोग बन्द गर्ने वा व्यवस्थापन गर्ने भन्नेमा समाज तथा राज्य दुइ धु्रवमा बाँडिएको छ । यधपी प्लाष्टिकको अन्य विकल्प जस्तो सरकारले भनेजस्तो कागजको झोला प्रयोग गर्न जनताको आयस्तर कमजोर भएको, फेरी वातावरण मन्त्रालयले दावीगरे जस्तो प्लाष्टिक झोला मानव स्वास्थ्यको लागि हानीकारक नदेखिएको, यस क्षेत्रले अर्थतन्त्रमा दिएको टेवा, रोजगारीको क्षेत्रमा दिएको टेवा र उपभोक्तालाई दिएको सुलभ योगदानलाइ हेर्दा प्लाष्टिक उधोगलाई तत्काल बन्द गर्नु न्यायोचित देखिदैन । बरु काठमाण्डौमा फोहोरमैला व्यवस्थापन गर्ने शैली एवं प्रक्रिया ठिक नभएको देखिन्छ । यदी फोहोरलाई ब्यवस्थापन गर्ने हो भने प्लाष्टिक उधोगलाई बन्द होइन व्यवस्थापन गर्न आवश्यक छ । भुकम्प र नाकाबन्दीले जर्जर अर्थतन्त्रलाई यस उधोगले थोरै भएपनि राहत दिएको कारणपनि यस्ता उधोगहरु बन्द गर्नु न्यायोचित छैन । किनकी नेपालमा प्लाष्टिक उधोगबाट सरकारलाई अरबौ राजस्व प्राप्त भइरहेको विवरण छ । त्यसैगरी यस उधोगमा हाल २५ हजार भन्दा बढीले रोजगारी पाइरहेको तथ्याङक छ । त्यसकारण प्लाष्टिक उधोगलाई जर्गेना गरिकन अझ राम्ररी काम गर्ने वातावरण सिर्जना गर्नु जरुरी देखिन्छ । सरकारले बैशाख देखि यता अनेक प्रयत्नको बावजुत प्लाष्टिक उधोगलाई रोक्न वा विकल्प दिन सकेन । त्यसले पनि सरकारले थप प्रत्यन्त गर्नु भन्दा यस उधोगहरुबाट हुनसक्ने फोहोरको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सहकार्य गर्न आवश्यक देखिन्छ । सरकारको यस अर्गानिक अभियान भन्दा पनि एनजिओ, आइएनजिओको दवावमा यसको थालनी गरिएको व्यवसायीहरुको आरोप छ ।
प्लाष्टिक फोहोरको व्यवस्थापन र पुनप्रयोग
हालै नेपाल सरकारको वैज्ञानिक संस्था नाष्टले प्लाष्टिक फोहोरबाट डिजेल निकाल्ने प्रविधि भित्राइसकेको छ । त्यस्ता प्रविधिलाई सरकारले प्लाष्टिक व्यवसायीहरुसँग समझदारी गरी लोकल लेवलमा भित्राउन आवश्यक छ । जसले एकातिर उपधोक्क्ताको पोलिथिनको आवश्यकतालाई पनि हल गर्छ भने अर्कोतिर थोरै भएपनि डिजेल प्रोडक्सन गरी उर्जा समस्या निराकरण हुनसक्छ । त्यसैगरी विकसित राष्ट्रहरुमा प्लाष्टिकजन्य फोहोरहरुबाट विजुली निकालेका धेरै उदाहरण छन । त्यस्ता प्रविधिहरुमा सरकारले नीजि क्षेत्रलाई पनि सहभागी गराउन आवश्यक छ । जसले काठमाण्डौको फोहोर व्यवस्थापनमा मद्धत गर्दछ ।
त्यसैगरी विश्वका धेरै राष्ट्रहरुमा प्लाष्टिकजन्य फोहोरहरुबाट कालोपत्रे रोड बनेका अनेकन उदाहरण छन । ती रोड अन्य रोडहरु भन्दा १० गुणा बलिया समेत हुन्छन । किनकी प्लाष्टिक वाटर प्रुफ हो । जव पिच गरिन्छ त्यहाँ पानी नछिरेपछि त्यसको आयु स्वभाविक रुपमा बढी हुन्छ ।
त्यसैगरी जतिपनि खेर गइरहेका प्लाष्टिकहरु छन । त्यसलाई फोहोर भन्ने गरिन्छ । तर त्यो फोहोर नभइ मोहोर भएको प्लाष्टिक व्यवसायी सन्तोषकुमार सेढाई बताउँछन । उनी भन्छन् ‘ खेर गइरहेका प्लाष्टिकहरुलाई रिसाइकल गरिकन विविध वस्तुहरु बनाउँन सकिन्छ । यसले प्लाष्टिकलाई कम गर्न सकिने र विदेशी मुद्राको सञ्चीति समेत बढनेछ ।’ प्लाष्टिक झोलालाई रिसाइकल गरेर प्लाष्टिकका पाइपहरु, डष्टविनरु, ढलका पाइपहरु बनाउन सकिनेछ । यस प्रविधिमा आफनो दश बर्षको अनुभव भएको सन्तोष बताउँछन । तर राज्यको सकारात्मक सोच सहितको सहयोग आवश्यक पर्ने उनी बताउँछन । त्यसरी उत्पादन गरिने डष्टविन तथा ढलका पाइपहरु नगरपालिकालाई दिएर प्लाष्टिक मात्र होइन अन्य फोहोर समेत व्यवस्थापन हुने हुनसक्दछ । त्यसले गर्दा राज्यले यस उधोगलाई नियमन गरिकन उधोगधन्दाहरुको विकासमा सहयोग पु¥याउनु पर्ने टट्कारो आवश्यकता छ ।
वस्तम्बमा वातावरणलाई देखाएर विना सुझबुझ यस्ता उधोगहरु बन्द गर्दै जाने हो भने यसले अन्र्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश जानसक्छ । नेपालमा लगानी र व्यापारको सम्भावना नरहेको विदेशीको ठम्याइ हुनसक्छ । त्यसकारण राज्यले फराकिलो ढंगले सोच्न जरुरी छ । फेरी कतिपय विकसित देशहरुमा प्लाष्टिक झोलालाइ प्रयोग गरेको एक निश्चित समयपछी कुहीने बनाउनका लागि एक प्रकारको केमिकल हालेका हुन्छन । त्यो काम नेपालमा पनि गर्न सकिन्छ । त्यो पनि एउटा विकल्प हुनसक्छ । तर यस्ता प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका अनेकन विकल्पहरु लिएर वातावरण मन्त्रालय जाँदा कुनै सुनुवाइ नभएको उधोगीहरुको गुनासा छन ।
अहिले प्लाष्टिक उधोग बन्द गराउन जे जति संस्था वा व्यक्तिहरु लागि परेका छन ।र, प्रपोगाण्डा मच्चाएका छन । त्यसमा कुनै तुक नभएको समेत व्यवसायीहरु वताउँछन । उनीहरु भन्छन् ‘यदि त्यसो हुँदो हो त संसारका विकसित मुलुकहरुमा प्लाष्टिक झोला पहिल्यै बन्द भइसकेका हुन्थे । स्वास्थ्यको नाममा प्लाष्टिक झोलालाई मागी खाने भाँडो बनाएको व्यवसायीहरुको आरोप छ । व्यवसायीहरु भन्छन् ‘यदि प्लाष्टिक झोला प्रयोगबाट क्यान्सर लाग्छ भन्ने प्रमाण राज्यले दिन्छ भने हामी एक मिनेटमा देशभरका उधोग बन्द गराउन तयार छौ’ । होइन भने बारम्बारका नाजाय हर्कत नर्गन सरकारलाई उनीहरुको सुझाव छ । किनकी नयाँ र सम्बृद्ध नेपाल उधोग धन्दाको विकास, औधोगीकरण र रोजगारीको विस्तारले मात्र सम्भव छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया