लामो समयदेखि रोकिएका ४ विधेयक पारित

बिजनेसपाटी १६ भदौ

आज  बिहीबारको व्यवस्थापितका संसदको बैठकले ४ ओटा विधेयक पारित गरेको छ ।  लामो समयदेखि रोकिएका ४  विधेयक संसद बैठकले एकै दिन पारित गर्दैै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको छ ।  पारित भएका बिधयकहरु ‘संसदले कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक २०७३, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक २०७३, नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन विधेयक) २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३’ रहेका छन्  ।  सबै बिधयक सुशील कोइराला सरकारका अर्थमन्त्री डा रामशरण महतका पालामा दर्ता भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया