लालबन्दी नगरपालिकामा यथाशिघ्र पुल निर्माण गरियोस् : रामप्रकाश चौधरी

काठमाडौं, चैत ६, २०८१ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामाप्रकाश चौधरीले सर्लाही जिल्लामा पुल निर्माण हुन नसक्दा आएका समस्यामाथि सरकारको ध्यानाकर्षण गराएका छन् । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाका विभिन्न वडामा पुल बन्न नसक्दा त्यहाँका जनताले पाएको सास्तीलाई मध्यनजर राख्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको १२,१३ र १४ नम्बर वडाका बासिन्दा पुल अभावकै कारण समस्यामा परेका छन् । वर्षायाम सुरु हुनै लागि सकेको कारण यसतर्फ सरकारले अविलम्ब ध्यान दिनु पर्ने सांसद चौधरीले बताए । पुल नभएकै कारण वर्षेनी सास्ती खेप्दै आएका लालबन्दी नगरपालिकाका स्थानीय बासिन्दाले कहिले सम्म दुःख पाउने ? लालबन्दी नगरपालिकाको बाहुनी खोलाको पुल, ज्याजोर खोलाको पुल र लखन्ती खोलाको पिडारीघाट र जगतपुर घाटको खोलामा यथाशीघ्र पुल निर्माण कार्य अघि बढाउन वर्तमान सरकारको ध्यानाकणर्षण गराउन चाहन्छु’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया