लालुका छोरासँग विहे गर्न ४४ हजार युवतीको प्रस्ताव !

पटना ७ कार्तिक  ।

भारतको विहार रज्यका उपमुख्यमन्त्री तेजस्वी यादवसँग विवाह गर्नका लागि ४४ हजार युवतीले ह्वाटस एप नम्बरमार्फत प्रस्ताव गरेका छन् । राज्यमा खराब सडकबारे गुनासो पोख्न तेजस्वीले हवाट्स एपको सरकारी नम्बर दिएका थिए । जसमा युवतीहरूले विवाहका लागि प्रस्ताव राखेका हुन् ।  विहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी गत विहार राज्यको विधान सभाको निर्वाचनमा राष्ट्रिय जनता दल र जनता दल युनाइटेडको संयुक्त गठबन्धलाइ बहुमत आएपछि नितिशकुमार मन्त्रिपरिषद्मा उपमुख्यमन्त्री बनेका हुन् ।

उनका बाबु तथा राष्ट्रिय जनता दलका प्रमुख लालु यादव विहारका पूर्वमुख्यमन्त्री हुन् । आश्चर्यको कुरा अझ के छ भने उनले खराब सडकबारे जानकारी दिन दिएको नम्बरमा सडकबारे भने ३ हजार मात्रै गुनासा परेका छन् । उनले दिएको ३ महिनाको अवधिमा परेका जम्मा ४७ हजार सूचना परेका ४४ हजार सूचनामा विवाह प्रस्ताव आएको हो । उनले ह्वाट्स एप हेल्प लाइन नम्बर दिएलगत्तै म्यासेज को बाढी चलेको थियो ।

सडकको बारे उल्लेख गर्नुको साटो विहार, पञ्जाब, दिल्ली, हरियाणा, महाराष्ट्र र गुजरातलगायत स्थानका युवतीले आफ्नो फिगर र हाइट उल्लेख गर्दै विवाहका लागि प्रस्ताव गरेका हुन् । एजेन्सीलाई उद्घृत गर्दै आजको राजधानी दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया