लाेकमानसिंहलाई संसदीय कार्वाहीले मात्रै पुग्दैन

मणी थापा,
हेडक्वाटर सदस्य, नेकपा माओवादी केन्द्र

१) अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने सम्बन्धमा माओवादी केन्द्रमा अलिक दोधार सिर्जना भयो भन्ने कुरा बाहिर आए, किन हो ?

प्रकृयागत त्रुटीका हिसावले हेर्दा त्यो देखियो । माओवादी केन्द्र दोधारमा हो की भन्ने जस्तो देखिन्छ । माओवादी केन्द्र आफनो आन्तरिक समस्याका कारणले केही दोधारमा रहेको जस्तो देखिएको हो । तर माओवादी केन्द्र महाअभियोगको प्रकरण सम्पन्न गर्नुपर्छ भन्नेमा प्रष्ट छ । माओवादी अध्यक्ष प्रचण्डले धेरै पहिले देखि नै लोकमान सिहंले आफनो पदको दुरुपयोग गरेकोले उनी माथी कावार्ही हुनुपर्छ भन्ने कुरा पहिले देखि उठाउन प्रयत्न गरेको र त्यो चाँही फ्रन्ट लाइनमा नआएको विषय छ । अहिले जो छ, त्यसको निम्ती संसद भित्र र संसद बाहिर हस्तक्षेप गरेर अघाडी बढाउनु पर्छ भन्ने निर्णय हेडक्वाटर बैठकले गरेको हुनाले माओवादी यसमा प्रष्ट भएर अघाडी बढेको छ । आगामी दिनमा यसको नेतृत्व माओवादीले गर्छ । माओवादी आन्तरिक कारण केही दोधारमा होकी भन्ने जस्तो देखिए पनि अब त्यो छैन । माओवादी अहिले सरकारमा रहेकोले सबै परिस्थीतिलाई गम्भिरतापुर्वक लिएर, सबैलाई मिलाएर लानुपर्ने कारण केही समय लागेकोले दोधारमा रहेको जस्तो देखिएको मात्र हो । तर माओवादी दोधारमा छैन । मलाई लाग्छ लाेकमान विरुद्वकाे महाअभियाेग प्रस्ताव कानूनी र संसदीय चासाे मात्र हाेईन, गणतन्त्रलाई संस्थागत गर्ने राजनीतिक प्रश्न पनि हाे । यसैले सडक संघर्षमा ध्यान दिनु हामी सवैकाे जिम्मेवारी हाे ।

२) माओवादीले नै तत्कालिन अवस्था लोकमान सिंहलाई नियुक्तिका लागि प्रस्ताव गरेको हो नी । अहिले आएर उनलाई हटाउनु पर्ने कारण के हो ?
त्यो वेला लोकमान सिहंलाई नियुक्ति गर्नुपर्ने आवश्यकता र बाध्यता दुबै थियो होला । तर पछिल्लो चरणमा लोकमानले न्यायपालिका, ब्यवस्थापिका र कार्यापालिका तिन ओटै प्रमुख निकायलाई अस्वीकार गर्ने र मुलत नेपालका राजनीतिक पार्टीहरुको औचित्य माथी नै प्रश्न खडा गर्ने, प्रशासनीक रुपमा पनि अराजकता सिर्जना गर्ने, चारैतिर एउटा ट्रेरर पैदा गरेर आफुलाई सुपरमाइन्डको रुपमा प्रस्तुत गर्ने जो प्रत्यन्न गरे । त्यो नै उनको पराजयको हतियार बन्यो । उनले कामलाई इमानदारीपुवक गर्ने भन्दा नीयतबश र पोलिटिकल उदेश्य राखेर कामहरु सुरु गरे । त्यो नै उनले सही गरेनन । businesspati

३) उनको कतिपय स्वाच्छाचारी गतिविधिका बावजुत भष्टाचानको निदानको मामिलामा हिम्मतका साथ केही राम्रा कामहरु पनि गरे भन्नेहरु पनि छन् नी ? कतिपय मानिसहरुले लोकमानले नेताहरुलाई तान्ने भएपछि उनलाई खुस्काउन थालेको पनि भन्छन नी ?

जनवोलीमा त्यो छ । जनबोलीको पछाडी केही सत्यता पनि छ । सत्य पनि होला । तर मुख्य उनले आफनो पदको दुरुपयोग गरे । जहाँ कार्वाही गर्नुपर्ने हो, त्यहाँ हात हाल्न सकेनन् । र, जहाँ कावार्ही नगर्नु पर्ने हो, त्यहाँ तर्साउनका निम्ती पनि कामहरु गर्ने खालको द्धद चरित्र देखियो । त्यो द्धैद चरित्रले उनले ठयाक्कै भटाचारीहरुलाई नियन्त्रण गर्न चाँही खोजेका हुन् भन्ने तथ्यले पुष्टि ग¥यो ।

४) तपाईको पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको ३ महिना हुन लाग्यो । यसबीच उनले गरेको कामलाई कसरी समिक्षा गर्नुहुन्छ ?

यसलाई जनताले आशा गरे अनुसारको कामहरु भएका छैनन् भन्ने देखिन्छ । तर यो विचमा अप्ठयाराहरु धेरै थिए, चुनौतीहरु धेरै थिए । जनताका अपेक्षाहरु पनि धेरै थिए । अपेक्षा अनुसार काम हुन सकेको छैन भन्ने कुरा सत्य हो । तर यो विचमा केही राम्रा कामहरु पनि भएका छन । त्यो भनेको अन्र्तराष्ट्रिय सम्बन्धलाई अलिकति सुदृढ गर्ने काम भएको छ । भारतसँग विग्रएको सम्बन्धलाई केही सुदृढ गर्ने कामहरु भएको छ । भुकम्प पिडितहरुलाई राहत दिने काममा केही प्रगती भएको छ । त्यसैगरी बाढी पहिरोलाई केही सम्बोधन गर्ने काम भएको छ । दशै तिहारमा ठगी नियन्त्रणका लागि केही कामहरु भएका छन । निर्माणधिन प्रोजेक्टहरुलाई निरिक्षण गर्ने र त्यसलाई अलिकति कामलाई तदारुकता गर्ने काम भएका छन । तर जनताको अपेक्षा अनुसारको काम भने हुन सकेको छैन । तरपनि सरकारले सबै क्षेत्रमा आफनो कामको प्रभावकारीताको निम्ती प्रयत्न चाँही गरेको छ ।

५) पार्टी एकिकरण पछि पनि तपाईहरुबीच सांगठनीक एकता किन हुन सकेको छैन ?

सांगठनीक एकता नटुगिंनुको कारण विचारलाई होइन संगठनलाई केन्द्रमा राख्ने चिन्तन हाम्रो आन्दोलन भित्र हावी छ । संगठन मुख्य हो, व्यक्ति मुख्य हो तर विचार मुख्य होइन भन्ने चिन्तन हावी छ । विचारलाई नबुझने चिन्तनले गर्दा पाटी एकता भएपछि पनि सांगठनीक एकता हुन सकेको छैन । तर पनि यसलाई पुर्णता दिनुपर्छ भन्ने चिन्ता र चासो चाँही पार्टी भित्र छ ।

६) प्रचण्डले तपाईहरुको समुहलाई अलिकता उपेक्षा पनि गरेका छन् भन्ने खालका समाचार पनि बाहिर आएका छन नी ?

पार्टी एकताबाट आएका धारहरुलाई व्यवहारमा त त्यति धेरै अपेक्षा देखिदैन । एकताबाट आएका शक्तिहरुको गतिशिलता, कृयाशिलता, नेत्रित्व क्षमताको जति सदुपयोग हुनुपथ्र्यो । त्यो सदुपयोग चाँही भएको छैन । र, त्यो सदुपयोग गर्न माओवादी केन्द्र चुकेको छ ।

७ ) प्रचण्डको औपचारिक भारत भ्रमण, गोवा सम्मेलनमा सहभागिता आदि प्रभावकारी भएन भनेर प्रतिपक्षहरुले भनिरहेको छ । तपाईलाई के लाग्छ ?

यो चाँही प्रभावकारी नै भयो । भारतसँगको सम्बन्धलाई सुदृढ गर्न पनि यो प्रभावकारी भयो । चीनसँगको सम्बन्धलाई पनि सुदृढिकरण गर्न प्रभावकारी नै भयो । अरु देशहरुसँगको सम्बन्धलाई पनि नेपालको बारेमा जानकारी दिनका निम्ती र नेपाल बुझाउनका लागि प्रभावकारी भयो । तर यो प्रभावकारी भएकोलाई जसरी स्थापित गर्नुपथ्र्यो त्यो गरिएन । यसलाई कलात्मक रुपले प्रस्तुत गर्नुपथ्र्यो, बौद्धिक र तार्किक रुपले प्रस्तुत गर्ने सवालमा माओवादी पार्टी चुक्यो भन्ने मेरो विश्लेषण छ । जसरी मोदी र सिजिङको बीचमा जो एउटा संजोगलेसँगै बसेर छलफल गर्ने मौका जु¥यो । त्यसलाई हामीले क्यापिटलाइज गर्नुपथ्र्यो त्यो गर्नेमा हामी चुक्यौ । तर त्यसलाई सही रुपले हामीले विश्लेषण र त्यसको सही रुपले प्रयोग, प्रचार, मुल्याङकन गर्न नसक्दा पनि राम्रो कामबाट पनि जस पाउने कुरामा चुकेका छौ । तर यी भ्रमणहरु असफल होइनन्, सफल भ्रमण हुन् भन्ने चाँही मलाई लाग्दछ ।

७) जस्तो एमाले र नयाँ शक्ति लगायतका नेताहरुले प्रधानमन्त्रीले अलिकती कुटनीतिमा आँच आउने काम गरे पनि भने नी ?

नियतबश गरिएको भन्ने चाँही मलाई लाग्दैन । तर अञ्जानबश केही कुटनीतिक मर्यादाहरु, कुटनीतिक सिस्टमहरु जो अन्र्तराष्टिय नियमहरु छ ती नियमहरु हाम्रो अज्ञानतावश तोडिएका छन । ती नियमहरु तोडिनाको बाबजुत पनि सकारात्मक जो उपलब्धीहरु छन । त्यसलाई सही ढंगले उपयोग गर्न सकेका छैनौ त्यो पनि सत्य हो ।
नेपालमा अर्को अहिले चाँही लामो समयको प्रक्रियामा प्रचण्डले गरेका कामहरुलाई नरुचाउने खालको एउटा मनोविज्ञान र टेन्ड बलियो भएर आएको छ । प्रचण्डका सकारात्मक प्रवृत्तिमाथी हस्तक्षेप गर्न नसकेको कारण पनि नकारात्मक खोज्ने प्रवृतिहरु मैलाएका छन । कयौ कुराहरु, सकारात्मक चिजहरुलाई स्थापित गर्न नसक्दा पनि त्यो प्रवृति हावी भएको छ भन्ने मलाई लाग्छ ।

८) संविधान कार्यान्वय र स्थानिय तह निर्वाचनहरुका सवालमा सरकार के गर्दैछ ?

यो सरकार बन्नुको मुख्य कारण पनि संविधान कार्यान्वयनको प्रसंग मुख्य अंश बनेको थियो । त्यसमा सैद्धान्तिक रुपले सरकार निर्माण गर्नुका पछाडी संविधान कार्यान्वयनको प्रश्न भएकाले सरकार गरिम्भर छ । अस्तिको प्रमको विशेष सम्बोधन भाषण संविधान संशोधनको तयारी भैरहेको छ भनेर प्रमले भन्नु भएको छ । मधेशी आदिबासी जनजातीसँग पनि राष्ट्रिय रुपमा मुलधारमा संविधान सम्शोधन प्रक्रियामा ल्याउने प्रयत्न पनि भइरहेको छ । र, स्थानिय निकायको पुर्नर संरचना आयोगलाई केही नयाँ ढंगले पुर्नर संरचना गरिनुपर्छ भनिएको हुनाले यसमा पनि सरकारले यथेष्ट ध्यान दिएको छ । तर त्यही समयमा चुनाव हुन्छ की हुदैन भन्ने चाँही अझै निर्कोल हुन सकेको छैन ।
प्रस्तुती रिसव गौतम

फेसबुकबाट तपाईको प्रतिक्रिया