लिखु–४ जलविद्युत् आयोजनामा सात ओटा बैंकको लगानी

काठमाडौं, २ पुस ।

लिखु–४ जलविद्युत् आयोजनाअन्तर्गत ५२ दशमलब ४ मेवा क्षमताको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । ग्रीन भेञ्चर प्रालिबाट प्रवद्र्धित उक्त आयोजनाको लक्ष्मी बैङ्क, ग्लोबल बैङ्क तथा नबिल बैङ्कको नेतृत्वमा सातओटा बैंकसँग लगानी सम्झौता भएको हो ।

यसबाट आयोजनाका लागि रू. ७ अर्ब ६२ करोड प्राप्त हुने भएको छ । लगानी सम्झौतामा कम्पनीका अध्यक्ष सुभाषचन्द्र सङ्घई एवम् अन्य सातओटै बैङ्कका प्रतिनिधिबाट संयुक्त हस्ताक्षर भएको छ । आयोजनाको प्रवर्द्धकमा त्रिवेणी ग्रूप एवम् विशाल ग्रूप रहेका छन् । यो खबर आजको अभियान दैनिकमा छापिएको छ ।

आयोजनाको कुल लागत रू.१० अर्ब १६ करोड रहेको छ । यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहेको छ । बैङ्कहरूमध्ये नबिल बैङ्कले रू. १ अर्ब ४२ करोड, लक्ष्मी बैङ्कले रू.१ अर्ब २५ करोड, ग्लोबल आईएमई बैङ्कले रू. १ अर्ब २५ करोड, एसबीआई बैङ्क र सनराइज बैङ्कले रू. १र१ अर्ब र प्रभु तथा सानिमा बैङ्कले रू. ८५/८५ करोड लगानी गर्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणसँगको आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) २०७३ असार २५ मा भइसकेको छ । आयोजनाले २०७७ असोज ३० गतेबाट व्यापारिक उत्पादन (आरसीओडी) शुरू गर्नुपर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सबस्टेशनमा जोडिनेछ । आयोजनादेखि सबस्टेशनसम्मको लम्बाइ १८ किलोमिटर हुनेछ । यस लिखु–४ जलविद्युत् आयोजनाको निर्माणस्थल रामेछाप र ओखलढुङ्गा जिल्लामा पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया