लिबर्टी ईनजीले आइपीओ जारी गर्ने
काठमाडौँ ३० पौष
लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले आइपीओ ( साधारण सेयर ) जारी गर्ने भएको छ । कम्पनीको पौष ३० गते सम्पन्न ८औ बार्षिक साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । यस कम्पनीद्वारा निर्माणधिन लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
साथै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया